बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु



मंसिर९,बाग्लुङ।बडिगाड गाउँपालिकामा सोमबार पीक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालीचौरतर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २१ वर्षीया टेकमाया राना र उनका ७ महिनाकी छोरी छाया रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षिया गौमती रोकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। रोकालाई हेलिकप्टरमार्फत उद्धार गरी पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए। टाउँको र हातमा गम्भीर चोट लागेका उनी अचेत अवस्थामा छिन्।

जीपमा सामान लोड गर्ने क्रममा अचानक गुडेर जीप करिब ४ सय मिटर तल खसेको प्रहरी निरीक्षक भण्डारीले बताए। चालक रविलाल बुढा भने सकुशल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्