सुनको मूल्य घट्यो, तोलामा कति ?



काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको छ।

सोमबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज एक हजार ८ सयले ओरालो लागेको हो। यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ। सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ। सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्