पर्सामा हतियार सहित प्राध्यापक पक्राउ



काठमाडौं । पर्सामा अवैध हतियारसहित क्याम्पसका प्राध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका ११ स्थित दुर्गा टोल बस्ने ४९ वर्षका जितेन्द्रप्रसाद सिंह छन् ।

सिंहले आफ्नो घरमा अवैध हतियार राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको घरबाट गोली ४ राउण्ड, म्यागजिन थान ९१, पेस्तोल थान ९१ थान बरामद भएको छ ।

यस्तै मानिसलाई बेहोस पार्ने औषधि १ बोत्तलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिंह क्याम्पसमा प्राध्यापक रहेको प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्