निर्वाचन आयोगले ६ दललाई पत्र काट्यो (नाम सहित)हेर्नुहोस



 

सैघाली खबर,काठमाडौं १८ पुस। निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची नमिलेको भन्दै ६ राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई समानुपातिक सूची सच्याउन भन्दै पत्र काटेको हो । निर्वाचन आयोगका अनुसार २० गतेभित्र दलहरुले अर्का सूची बझाउनु पर्ने छ ।

क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन आयोगले पत्र पठाएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्