बर्दिबासका प्रहरीको गोली लागि घाइते भएका न्यौपानेको मृत्यु



महोत्तरी। महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको थियो।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो। उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ।

उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ। न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्