रक्सीले मातेर वृद्धको हत्या गर्ने पासवान द्धय पक्राउ



मदिरा सेवन गरेर कुटपिट गरी ५० वर्षीय पुरुषको हत्या गरेको आरोपमा रौतहटमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा १९ वर्षीय विकास पासवान र ५५ वर्षका विन्दा पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको वृन्दावन नगरपालिका– ७ सखुअवा धमौरा बस्ने १९ वर्षीय विकास पासवानलगायत केही मानिसले सोमबार साँझ सोही ठाउँका अमिरी पासवानलाई कुटपिट गरेका थिए ।

अत्यधिक मदिरा सेवन गरी विकास पासवान लगायतकाे समूहले घरतर्फ जाँदै गरेका सोही ठाउँका अमिरी पासवानलाई गालीगलौज तथा कुटपिट गर्दा ५० वर्षीय पासवानको टाउकोमा चोट लागेको थियो ।

घाइते पासवानलाई तत्कालै एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा  उपचारका लागि लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेका पासवानको उपचारको क्रममा गएराति ८ः१५ मा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएससपी रवि रावलले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्