डोनल्ड ट्रम्प सत्ता छोड्न तयार, जनवरी २० मा बाइडेन ह्वाइटहाउस छिर्ने



वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सत्ता छोड्न तयार भएका छन् । निकै ठूलो कसरतपछि पनि असफल भएपछि उनी सत्ता छोड्न तयार भएका हुन् । राष्ट्रपति चुनावको मत गणनामा धाँधली भएको भन्दै अदालत पुगेका उनले चुनावमा भएको हारलाई स्वीकार्न बाध्य भएका छन् । २०२० को अमेरिकी निर्वाचनमा विजयी जो बाइडेनलाई कार्यभार सुम्पिने तयारी सुरु गर्नुपर्ने कुरालाई ट्रम्पले पछिल्लो पटक स्वीकार गरेका दिएका छन् ।

आफ्नो उनले आफ्नो हार विरुद्ध लडाइँ जारी राख्ने वचन दिइरहेपनि यस विषयमा आवश्यक सबै प्रक्रिया जारी रहनुपर्ने बताएका छन् । यसअघि ‘जेनेरल सर्भिसेस’ विभाग, जीएसएले पनि बाइडेन नै विजयी भएको स्वीकार गरेको थियो । मिचिगन स्टेटले उनको जितलाई आधिकारिक मान्यता दिएपछि ट्रम्पलाई सो खबरले ठूलो झट्का दिएको हो ।

यसरी जीएसएको घोषणापछि, राष्ट्रपति निर्वाचित भएका बाइडेनले अब सरकारी कार्यालयका सबै उच्च स्तरीय आन्तरिक बैठकहरुको पहुँच पाउने भएका छन् । यससँगै बाइडेनले आफ्नो प्रशासनमा विभिन्न शिर्ष पदका लागि नियुक्ति पनि सुरु गरिसकेका छन् । यस विषयमा ट्रम्प प्रशासनले सहकार्य जनाउने खबरलाई बाइडेनको टोलीले अहिलेको चुनौतिपूर्ण समयमा यो निर्णय अतिआवश्यक भएको बताएको हो । उनले आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्