बिप्लब लाई अपराधी भन्ने रमेश प्रसाईहरु लाई सुझाब, रमेश जि बिप्लब लाई बुझ्न दुबै आखा खोल्नुहोस्!



शारिरिक रुपले अशक्त भएर पनि अरु बिरुद्ध जथाभावी आगो ओकल्ने जथाभावी मनगढन्ते हावा कुरा गरेर अरुको चरित्र हत्या गरेर समाज लाई ऊत्तेजित पार्ने स्वभावको रमेश प्रसाई को पछिल्लो भनाई लाई लिएर आपत्ती जनाऊदछौ, ऊनले शुरुमा ऊनले महासिचब कमरेड बिप्लब लाई कम्युनिष्ट होईन भनेको छ, यसको अर्थ प्रष्ट छ ऊनले बिप्लबलाई खुल्ला आखाले देख्न सकेका छैनन! बिप्लब लाई बुझ्न आखा मात्र भएर हुदैन दिमाग पनि चाहिन्छ! भ्रष्ट सामान्ती सोच भएको मगजले अरुको बास्बिकता बुझ्न सक्दैन! करोड को पजेरो भित्र बसेर एनजीओ आईएनजिओ एनसेलको भत्ता खाएर, अपागं भत्ताको नामको राज्यको चारो खाएर सुख सयलमा खट्पटिएको थोत्रो मान्छेले बिप्लब लाई बुझ्न धेरै कठिन हुनसक्छ!

लेलिनका बिरोधीहरु पनि लेलिन लाई कम्युनिष्ट होईनन भन्थे, कार्ल माकर्सलाई झन जर्मनी फ्रान्सेली पुजीपतीहरुले सामन्त भन्दथे, माओ लाई भन्दथे, युद्धका बेला झन प्रचण्ड भन्ने ब्यक्ति नै छैन भन्ने समाज मा हुर्किएका प्रसाई जस्ता पात्रहरु लाई बिप्लब कम्युनिष्ट हुन भनेर बुझाऊन जरुरी छैन! संसदिय दलाल ब्यबस्था अन्त्य गर्दै देशमा बिज्ञानिक समाजबाद स्थापना गर्नुपर्ने माग राख्दा तिनीहरुकै दलाल सत्ताले प्रतिबन्ध लाएको पार्टी र नेतृत्व लाई कम्युनिष्ट होईनन भन्नु हास्यास्पद त छदै छ! सामान्तहरु ले गैर कम्युनिस्टहरुले पुजिपती दलालहरुको नोकरशाहहरुले सच्चा कम्युनिष्ट र ढोंगी कम्युनिष्ट लाई हेर्ने दृष्टीकोण फरक हुन्छ! रमेश प्रसाई जस्ता पूँजीपति दलाल नोकरशाहीहरुले महासचिव कमरेड लाई कम्युनिष्ट नदेख्नु स्वभाविकै हो!

जुन मान्छे जन्मे देखी जिबनको मध्यम पिरियड सम्म देशको आमुल परिबर्तन को लागि सारा जिबन क्रान्तीमा सुम्पिएको छ! सारा धन सम्पत्ती पार्टी लाई बुझाएर जनयुद्ध मा लगानी गर्यो, जसको आफ्नो भन्नु एऊटा स्थायी आवास छैन जसको कुनै स्थायी भुमी छैन जसको मुटुमा आफ्नो भन्नु मात्र देश र सर्बाहारा जनता छ त्यस्तो महान देशभक्त संघर्षशिल क्रान्तिकारी अथक र अदम्य हस्तीलाई कम्युनिष्ट नदेख्ने रमेश प्रसाई जष्ता सामन्तका गुलामहरु बास्तबिक अशक्त हुन स्वत स्वास्थ्य र मानशिक रुपले कमजोर भएर बाचिरहेको एक निर्जिब प्राणी हो भनेर बुझ्न जरुरी छ!

दोश्रो कुरा,
रमेश ले कमरेड बिप्लब लाई सामन्त भनेका रहेछन! जो निर्जिब ब्यक्ति लाखौको गाडी मा सररर चढेर ठुला गफ दिएर हिडिरहेको छ! जसको वरीपरी डलर नै डलरको रजाई छ! जसको लवाई खवाई हेर ऊच्च सामन्तको सन्तान जस्तो छ! जसको श्रोत सम्पत्ति खोज्ने हो भने बिनोद चौधरी, ज्ञानेन्द्र शाह लाई पनी मात खुवाऊन सक्छ! त्यस्तो नबधनायड्य कुलिन पुजिपती सामन्तले आफ्नो खाईपाई आएको गास गुम्ने भयो, आफ्नो कुलिन साम्राज्य खरानी बन्ने डर त्रासले अरुलाई तथानाम गैरजिम्मेवार अभिव्यक्ति दिएर हिडिरहेको छ! आफु सामन्त छ अरुलाई तथानाम सामन्त भन्दै हिड्नु अझै हास्यास्पद छ! यो त जो चोर ऊसकै ठुलो भयो, आफु बडेमान सामन्त छ अरुलाई सामन्त भन्दै डकारिरहेको छ!यो प्रसाईंहरुको पराजय को पिडा हो! यो एनसेल जोगाऊन ऊसकै भत्ता खाएर बिप्लब माथी प्रहार गर्ने खुफियातंत्र हो! फेरी पनी भनौ, कमरेड बिप्लब लाई राज्य लुछिरहेका गोकुल बास्कोटा, केपी ओली, बिश्णु पौडेल, प्रचण्ड, शेरबहादुरहरु सॅग नजाच्दा हुन्छ!

तेश्रो कुरा,
डा प्रकाश को बारेमा पनि अनावश्यक बोलेको रहेछ, मिस्टर रमेश बुझ्न जरुरी छ, माओ ले स्नातक पढेका थिए, लेलिनले पनि कानुन मा स्नातक पढेका थिए, कार्ल मार्क्स देखी एंगेल्सको ईतिहास हेर ऊच्च शिक्षा हासिल गरेरै क्रान्तीमा ऊच्च प्रेरणादायी भुमिका थिए! जनयुद्धमा होमिएका डाक्टर बाबुराम भट्टराईको स्तर पनि कम्ती को थिएन, ऐ मिस्टर रमेश जि के गरिबले ऊच्च शिक्षा पढ्दैमा, के गरिबले डाक्टर पाईलट ईन्जीनिएरीङ्ग वकिल पढ्दैमा ऊ सामन्त हुन्छ??के ऊ कम्युनिष्ट हुन सक्दैन??

अर्को कुरा एकिकृत जनक्रान्ति मा डा प्रकाश चन्द जस्ता युबाहरुको ठुलो भुमिका रहन्छ, ऊहालाई एक हस्पिटल भित्र गौण रहन मात्र पढाईएको होईन, ऊहालाई देश का हरेक नागरिकको जिम्मेवारी बोकाऊन पढाईएको हो, ऊहाको काम सरकारी जागिर खाने दुई चार करोड कमाऊने हुदै होईन ऊहाले तिन करोड गरिब नेपालीको ऊपचार गर्ने फराकिलो ऊच्च महान जिम्मेवारी बोकेको देशको एक ऊच्च डाक्टर हो यसरी पनि बुझौ, अनि डाक्टर पढ्दैमा बम नै पड्काऊनु पर्छ भन्ने कहा छ?? अस्पतालको गेट बाट ह्वाईट एर्पोर्न लगाएर शान्तिपुर्ण आन्दोलन को अगुवा गर्नु पनि बम पड्काऊनु भन्दा ठुलो कदम हो!

आखा नदेख्ने प्रसाई जि ले बुझ्नु पर्छ, क्युबाका महान नेता चे ग्वेभारा पनि पेशाले डाक्टर थिए, ऊनले आवश्यक पर्दा आफ्नो पेशालाई छोडेर क्रान्तीमा होमिए, जसले दक्षिण अमेरिका लाई थरथरी हल्लाईदिए, क्येबेली क्रान्ती का ऊत्सर्जक चे ले पछि ऊधोगमंत्री हुदा एक रुपिया पनि तलब नलिएर बिश्वभरीकै पैषाका लागि मरिहत्ते गर्ने पुजीपतीहरु को मगज नै हल्लाईदिएका थिए! ऊहाले देखाए असली कम्युनिष्ट कस्ता हुन्छन भनेर! भनेपछि यताका डाक्टर प्रकाश चन्द पनि चे ग्वेभारा किन बन्न सक्दैनन! ऊनले पनि आवश्यक पर्दा घोषित एकिकृत जनक्रान्ति मा सहभागी बन्न जुनसुकै बेला तयार छन! क्रान्तीमा सबैले फरक फरक जिम्मेवारी लिने हो, भोलीको नेत्र बिक्रम चन्द भनेको प्रकाश नै हो! आवश्यक परेमा प्रकाशले पनि बन्दुक बम बोक्न सक्छन यो कुरा प्रसाई, ज्ञानेन्द्र शाही जस्ता सामन्तका रक्षक कबचहरु बकबकाउनु पर्दैन! त्यसकारण प्रकाश ले डाक्टर पढ्दैमा कसरी सामन्त भो? ठुला ठुला दुख कष्ट यातना भोगेर आएको प्रकाश लाई सामन्त देख्ने निज प्रसाई को दिमाग पनि अन्धो हुनुपर्छ यस्ता घटिया आरोप लाऊनु अघि दश चोटी सोच्नु पर्थ्यो!

चोथौ कुरा,
बम को कुरा छ! एकातिर कम्युनिजम लाई बिश्वास गर्छु भन्ने अर्कोतिर बम को बिरोध गर्ने प्रसाई को यो कुरा पनि हास्यस्पद छ! शान्तिपुर्ण तवरले माग राख्दा सुनिदैन भने बम पड्काऊनु पनि एऊटा योग्यता हो! जसलाई नाप्ने कुनै कसी छैन । जसको जे क्षमता छ त

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्