‘र’ प्रमुख सामान्त गोयललाई नेपाल ल्याउन पहल गर्ने व्यक्ति काे हाे ?



काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा खुफिया ऐजेन्सी ‘र’ प्रमुख सामान्त गोयललाई नेपाल ल्याउन पहल गर्ने व्यक्तिको पहिचान भएको छ।

यताको कुरो सुनाउन र भ्रमणको प्रपन्च मिलाउन दिल्ली गएर नेपाल आएर फेरि उतै सोझिएका ती पात्र काग तिहारको दिन मात्र भाइटिका भ्याउने गरी स्वदेश फर्किएका हुन्।

हिमाञ्चल प्रदेशमा समेत आफ्नो कम्पनी सिम्रिक एयरका दुईवटा हेलिकप्टरबाट सेवा सुरु गर्ने उनको तयारी छ। दलहरुभित्र आन्तरिक द्धन्द्ध चर्किदा बेलावखत सक्रिय हुने ती व्यापारिक पात्र केही वर्षदेखि मिडिया उद्योगमा आवद्ध छन्।

नाम हो, क्याप्टेन रामेश्वर थापा अर्थात् यदाकदा प्रधानमन्त्री केपी ओलीको अन्तवार्ता प्रशारण गरिरहने एपीवान टिभीका मालिक (अन्नपूर्णका अध्यक्ष)। गोयल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतिरै थिए।

कात्तिक ५ गते दिउँसो १ बजे काठमाडौं ओर्लेका सामान्तलाई आफ्नै गाडीमा राखेर उनले बौद्धस्थित हायात होटलमा पुर्याएको पनि बुधबारको जनआस्थामा समाचार छ।

होटल पुगेर गोयलसँगै थापाले पनि त्यो दिनको लञ्च त्यहि होटलमा खाएका थिए। दिनभरी त्यहिँ आराम गरेर सामान्तले अनौपचारिक भेटघाट थालेको बताइन्छ। राति नौ बजेको हाराहारीमा थापाले नै टिमलाई बालुवाटार छिराएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्