सरकारले बलात्कारसम्बन्धी अपराधका घटना कानूनी प्रक्रियामा जान नदिई मिलापत्र गराउने व्यक्तिलाई समेत कैद र जरिवाना हुने गरी तीनवटा कानुन संशोधन गर्न अध्यादेश ल्याएको छ ।बैतडीमा केही महिना अघि भएको एक किशोरीमाथि भएको बलात्कारको घटना एक तोला सुनमा मिलापत्र गराइएको अहिले आएर सार्वजनिक भएको छ । मिलापत्र बमोजिम पीडित पक्षलाई पीडक पक्षले कबुल गराएको एक तोला सुन नदिएपछि घटना बाहिर आएको छ । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेर एक युवक फरार भएका छन ।
वडा नं ३ का दीपक सिह धामीले १८ वर्षीया किशोरीलाई बलात्कार गरी फरार भएका हुन । गत असार दोश्रो साता बलत्कारमा परेकी किशोरीले घरमा भनेपछि गाँउलेहरुले गाँउमै मिलाएको पनि पाइएको छ ।
स्वयम पीडित किशोरीले भनिन, ‘असार दोश्रो साता मलाई पानी भर्न गएको बेला ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको हो र उक्त घटनालाई गाँउमै मिलाएर बलात्कार गर्ने युवकलाई जोगाउन खोजेका हुन ।’
कात्तिक ३० भित्र दिने भनिएको १ तोला सुन पनि दिएनन्
पीडित किशोरी न्यूज २४ संग भनिन ‘बलत्कार गर्ने युवकका आफन्त मनोज धामी, अमर धामी र गाउँलेले १ तोला सुन दिने भन्दै गाँउमै मिलापत्र गराएको तर अहिले पीडित पक्षको परिवार सदस्यलाई ज्यान मार्ने दिदैछन ।’ अहिले बलात्कारका आरोपित दीपक भारत गएका छन ।
आफुलाई बलात्कार गरेको र गाँउमै उक्त कुरा मिलाएर बलात्कार गर्ने दीपक धामीलाई गाउँलेहरु मिलेर भारत पठाएको किशोरीको भनाइ छ । मनोज सिंह धामी र अमर सिंह धामीले कात्तिक ३० गते भित्रै १ तोला सुन दिने भनेर मिलाएको र अहिले पटक पटक गाली गलौज गर्ने गरेको किशोरीले बताएका छिन ।
अहिले किशोरीको घरबाट मिलोमतो कागजमा उल्लेख गरिए अनुसार सून माग्दा उल्टै गाली गर्ने गरेको किशोरीका आफन्तले बताएका छन । किशोरीका दाईलाई समेत पटक पटक मार्ने प्रयास गर्ने गरेको पनि उनको आरोप छ । पीडित पक्षको आर्थिक हैसियत अति कमजोर रहेको तर पीडक पक्षको पहुँच र हैसियत बलियो रहेकोले पनि बलात्कृत किशोरी पक्षले थप यातना भोग्दै आएका छन् ।
साभार – news 24 Nepal tv
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।