आदित्य रावल
कहिलेकाहीँ नसोचेको कुरा भैदिन्छ। त्यो दिन मलाई कहाँ थाहा थियो र उनी सङ्ग मेरो भेट हुन्छ भनेर २०७५ सालमा कक्षा १० को बार्षिक परिक्षा दिन म मेरो गाउँ देखि 50/60 किलोमीटर टाढाको गाउँमा गएको थिए एकदमै रमाइलो थियो।। त्यो गाउँमा म बस्ने घर नजिकै एक जना केटि मान्छेलाई देखे मैले मात्रै होइन उनले पनि मलाई देखिन हामी एकाअर्कालाई चिन्दैन थियौ तर मैले पहिलो भेटमै उनलाइ मन पराइसकेको थिए मलाई लागि रहेको थियो उनले पनि मन पराएकी होलिन।
बिस्तारै हाम्रो चिनजान पनि भयो एकाअर्काको नाम बतायौ खुशीको कुरा के भने उनी पनि कक्षा १० मै म सङ्गै पढ्ने रहिछन। हामी सङ्गै एस इ ई को परिक्षा दिन जान्थेउ तर हामी खासै कुरा भने गर्दैन थियौं सानै भएर होला बोल्ने आट नै आउन्थेन कुराकानी तेति नगरे पनि हामी एकाअर्कालाई धेरै मन पराउन्थेउ परिक्षा सकिएको पनि थाहै नभए जस्तो लाग्दै थियो त्यो गाउँमा १० दिन जति बसेको थिए तर त्यो १० दिन पनि १/२ दिन जत्तिकै लाग्दै थियो त्यो गाउँ छोडेर जानै मन लाग्दैन थ्यो तर त्यहा बाट मैले घर जानै पर्थ्यो।। तेहि गाउँको याद लगेर म फर्के आफ्नो घर। म घर आएको केही दिन पछि मेरो मोबाइलमा उनको फोन आयो उनि सङ्ग मोबाईल थिएन साथिको बाट गरेकी रहिछन् यसरी नै अब हाम्रो फोन बाट कुराकानी हुन्थ्यो ।
साच्चै मेरो नजरमा उनि यति राम्री थिइन जुन म शब्दमा बयान गर्न सक्दैन उनको हरेक बानी व्यबहार मलाई खुबै मन पर्थ्यो सायद मेरो जोडि उनी नै हुन जस्तो लाग्थ्यो भन्छन् कसैको पनि जोडी भगवानले नै बनाइदिएका हुन्छन सोच्दा मलाई भगवान प्रति विश्वास भयो उनलाइ म यति माया गर्छु जति मैले आज सम्म कसैलाई गरेको छैन उनी कहिले रिसाइन भने म मायाले फकाउछु मलाई लाग्छ मेरो दुनियाँ नै उहीँ हो म उ बिना र उ म बिना बाच्न सक्दैनौं हाम्रो भेट त हुदैन तर कुरा भने भैराख्छ दिनमा पाँच छ् घण्टा हामी फोनमै हुन्छौ।
तर हाम्रो मायालाई यो समाजले नराम्रो नजरले हेर्छ कसैले विभिन्न आरोप लाएर सुनाए पनि तर हामी सधैं माया गरि रहेयौ हाम्रो माया चोखो थियो कसैले भन्दैमा कहाँ छुट्टिन्न थियौ र उनी अझै पनि मेरो साथमै छिन हामी एकाअर्कालाई सधैं माया गरिरहने छौ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।