नेपालमा आज कति संक्रमित थपिए, कति मृत्यु ?



काठमाडौं। नेपालमा आज एक हजार ९४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ। उनीहरुमध्ये २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र २ हजार १४० जना संक्रमणमुक्त भएका हुन्। देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचाररत २८ जना संक्रमितको मृत्यु् भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३८९ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्