तिलौराकोटको परिचय दिएर भाईरल भएका राहुल २४ दिन पछि भेटिए



धनिराम काेरी, कपिलवस्तु , १० मंसिर
कपिलवस्तु जिल्ला काे कपिलबस्तु नगरपालिका वड नं ३ घर भएका ११ वर्षिय राहुल गत कार्तिक १७ गते ९ बजे विद्यालय जान भनी घरबाट निस्केका थिए ।

बेलुकीसम्म घर फर्कीर नआए पछि परिवारले खोजतलास गरीपाऊँ भनी हुलिया सहित प्रहरी मा निवेदन हालेका थिए । साेजतलास गर्दिन काे लागि सबैलाई अपिल पनि गरेका थिए ।

उनलाई बुधबार यशोधरा गाँउपालिका वडा नं. ७ मर्यादपुर स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा प्रहरीले फेला पारी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

राहुल सहानी ले गौतमबुद्धले २९ वर्ष बिताएको स्थन तिलौराकोट मा अाउने विदेश बाट पर्यटकलाई तिराैराकाेट काे बारेमा बताउने काम गर्दा राहुल चर्चामा अाएका छन ।

राहुललाई नेपाली , हिन्दी , अंग्रेजी , चिनियाँ भाषा लगायत अन्य देश का भाषा काे बारेमा ज्ञान थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्