बेपत्ता भनिएका डीएसपी युवतीसँगै होटलमा भेटिए



कैलाली। बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन्।

मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन्।

स्रोतका अनुसार युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको छ।हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले डीएसपी चौधरी आज बिहान सम्पर्कमा आएपछि अनुसन्धान सुरू भएको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्