कोरोनाका बिरामीलाई आफन्तको माया,साथ र हौसला अझै ठूलो औसधि हुन्छ

कोरोनाका बिरामीलाई घिर्णा होईन माया गरौं


विशेष धन्यवाद !
कोरोना विशेष अस्पताल बेलझुन्डी दाङलाई र घोराही उपमहानगर पालिका मेयर नरुलाल चौधरी लगायतका टोलीहरुलाई जब म आइसीयुउमा पुग्दा मेरो सातो नै गयको थियो सोचेको थिए घर फर्किन्न की भनेर

बिश्व भरिनै भ्रमणमा ब्यस्त कोरोना संक्रमणबाट म पनि अछुतो हुन सकिन , कोरोना लागे पछि र भाइरस संग लडनु पर्दा कति पीडा , छट्पटी हुन्छ त्यो भोग्नेलाइ थाहा हुन्छ ।

कोरोना विशेष अस्पतालमा पहिलोपटक कोरोना सक्रमित बिरामीहरुसंग इन्टरबिउ लिने क्रममा – यादब सैघाली
कोरोना विशेष अस्पताल बेलझुन्डी दाङमा आफू कोरोना पोजिटिभ भए पछि उपचाररत – सैघाली

अक्सिजन , आइसियुमा रहदा झन्डै म आँफुलाइ बाँच्छु भन्ने आशा गुमाइसकेको थिए ।
त्यो समयमा दिनरात नभनी मेरो उपचारमा तल्लीन नर्स , डाक्टर , अनि खाना बनाउने , दिने सबै अस्पतालका कर्मचारीहरुको माया र व्यबहारले मलाई अर्को औसधिको काम गर्यो ।
जब आफू बाँच्छु जस्तो नलागी कोरोना भाइरससंग लडदा मेरा आफन्त , साथिभाइको फोन , यसएमएस ले यति हौसला मिल्यो र बाच्न सफल भए !
कोरोनाका बिरामीलाई औसधि भन्दा पनि आफ्ना , आफन्तको माया, साथ , हौसला अझै ठूलो औसधि हुदोरहेछ ।
त्यसमा ती नर्स ,डाक्टर जसले आफुहरुलाई उच्च जोखिममा राखी हाम्रो सेवामा लागेका छन् उनीहरुको ब्यबहार त झनै ठूलो निको हुने इन्जेक्सन हुदोरहेछ ।
जुन मैले अस्पतालमा पाए ।
जतिबेला मलाई सास फेर्न नसकेर म जिबनको अन्तिम घडीमा थिए , मलाई थाहै थिएन मेरा आँखाबाट अनायसै आँसु बगेका रहेछन् ।
मेरो स्वास्थ अबस्था र कमजोर मन देखि मलाई नर्सले आफै खाना खुवाइदिएर तपाईं खानु पर्छ , बाच्नु हुन्छ भनी दिएको सान्त्वना अनि कोरोना लागेको बिरामीलाई डाक्टर नर्सले छुदैन भन्ने भ्रम छर्नेलाइ पनि म के भन्छु भने सबै एकै मनको हुदैनन् ।
बिरामीलाई सौचालय समेत आफैं लगिदिएका छन् त्यसको म आफैं उदाहरण हो ।
विशेष पहल गर्नु हुने घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी , लगायत स्वास्थकर्मी टोलीलाई हार्दिक आभार !

आज जुन पहिले जस्तै स्वास्थ अबस्थामा फर्किनु र कोरोनालाइ जित्नुमा यहाँहरु सबैको साथ , माया र हौसला हो । त्यसैले कोरोना लागेको बिरामीलाई घिर्णा , तिरस्कार होईन माया गरौं ।
तपाईं माया र व्यबहार बिरामीको लागि निको हुने औसधि बन्छ ।
आज मलाई यो जीवन नै पुन – जीवन लागेको छ ।
यहाँहरुको हौसला र मायाले पाएको यो पुन जिबन तपाईंहरुकै देन हो ।र्को जुनी पाएको छु कोरोना पोजेटिभ बाट मिर्तु हुने हरु को फोटो फेसबुक मा हालेर रिप नलेख्दा राम्रो होला किन कि बिरामी हरु त्यो पोस्ट हेर्दा थप बिरामी हुन्छ्न्।

धन्यवाद यादब सैघाली घोराही दाङ हाल

यादब सैघालीको फेसबुकबाट साभार
सैघाली थाहा अनलाइनका संचालक हुन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्