परीक्षा हलमा बिद्यार्थीहरुले बनाएको टिकटक भिडियो भाइरल



परीक्षा संचालन भइरहेका बेला बिद्यार्थीहरुले मोबाइलमा टिकटक बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

भिडियोमा केहि विद्यार्थीहरुले आफै उत्तर लेखिरहेको देखिन्छ भने अर्को तिर गाडा हरियो रङको स्वट लगाएकी बिद्यार्थीहरुले मोवाइलबाट हेर्दै उत्तर सारिरहेको देख्न सकिन्छ । उक्त भाइरल भएको भिडियो मा प्रस्ट सँग भिडियो बनाउने विद्यार्थी देखिएका छन ।

परीक्षा संचालन भइरहेको कक्षा कोठामा गार्ड पनि देखिदैनन् । केही बाहेक सबै विद्यार्थीहरुले मास्क लगाएका छन् । भाइरल भएको उक्त भिडियो हेर्दा परीक्षा मयादित ढंगका साथ संचालन हुन नसकेको अनुमान लगाउन सकिन्छ ।

कार्तिक २५ गते प्रकाशन भएको उक्त भिडियो कक्षा १२ को परीक्षा संचालन भइरहेका बेला भाइरल भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्