सिरहामा लैङ्गिक हिंसा विरुद्ध १६ दिवसिय अभियान सुरु



महेश सिंह सिरहा ११ मंसिर लहान । मौनता तोडौं बालात्कार र लैगिंक हिंसा बिरुद्ध बोलौ सहितको २९ औं अन्तराष्ट्रि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०२० र सिरहा जिल्लामा महिला, किशारी तथा बालिका हिंसाको घट्ना अवश्था विषयक पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहा र महिला मानव अधिकार रक्षक संजाल सिरहाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” नाराका साथ सुरु भएको १६ दिवसिय अभियानमा गरिने कार्यक्रम सार्वजनिकिकरण र सिरहा जिल्लामा महिला माथि भएको हिंसाका घटनाका तथ्यांक ओरेक नेपाल, समग्र जन उत्थान केन्द्र लहान र मुक्ति नेपालले सार्वजनिक गरेको थियो ।

ओरेक नेपालकी केन्द्रिय सदस्य एवं मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा जिल्लाका संचारकर्मी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मीको उपस्थिति रहेको थियो ।

ओरेक नेपाल सिरहाको वार्षिक अभिलेखिकरण अनुसार २०२० जनवरी १ देखि नोभेम्बर २२ सम्ममा १८८ वटामहिला माथि भएको हिंसाका घटना र ९४ वटा लैंगिक हिंसा भएको ओरेक नेपलकी परियोजना संयोजक सर्मिला निरौलाले प्रतिवेदनबाट जानकारी गराउनु भयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्