काठमाडौं । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला नेपाल आउँदै छन् । उनको भ्रमणकालमा नेपाल र भारतकाबीचमा वर्षौंदेखि रहेको सीमा विवाद समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ ।
विश्लेषकहरुका अनुसार यो विषय सचिवस्तरमा मात्रै छलफल भएर समाधान हुने विषय होइन । भारतीय अधिकारीहरुका अनुसार सीमाका सम्बन्धमा छलफल गर्न भारत तयार रहेको तर यो विषयमा लामो गृहकार्य गर्नुपर्ने र राजनीतिक तहमा हल गर्नुपर्ने बताएका छन् ।
तर कुनै विषयमा कुरा गर्ने र नगर्ने भन्ने आफूहरुको अडान नरहेको र नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको भारतीयहरुको भनाइ रहेको छ । ‘यी विषयमा छलफल गर्दै अगाडि बढ्न सकिन्छ । तर हामीले अहिले मुख्य फोकस गर्नुपर्ने विषय भनेका द्विपक्षीय विकास साझेदारी, कनेक्टिभिटी, व्यापार लगायत हुन्, एक भारतीय अधिकारीले भने ।
यी विषयमा ठोस रुपमा अगाडि बढ्न आवश्यक छ । यो भनाईबाट पुष्टि हुन्छ की भारत सीमा समस्याका बारेमा चासोकासाथ छलफल गर्न चाहन्नन् । उनका अनुसार अहिले रहेका द्विपक्षीय विषयबाहेक विशेषत कोभिड–१९ को नियन्त्रणमा सहकार्य, भ्याक्सिनको विकास लगायतका क्षेत्रमा नेपालसँग भारत सहकार्य गर्न चाहन्छ ।
उनीहरुको यो चासोबाट सीमा समस्या भन्दा कोरोना भ्याक्सीन नेपाललाई बेचेर नाफा कमाउने उनीहरुको उद्धेश्य रहेको प्रष्ट देखिन आएको छ । उनका अनुसार भ्याक्सिनको क्लिनिकल ट्रायलदेखि अन्य विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन भारतले चाहेको छ ।
उनी भन्छन्, ‘भारत नेपालल गायत छिमेकी मुलुकहरुलाई भ्याक्सिन खरिद मात्र होइन, अनुदानको रुपमा सहयोग गर्नका लागि समेत तयार छ ।’ नेपालसँग मात्र होइन, बंगलादेश, म्यानमार लगायतका अन्य मुलुकसँग कोभिड–१९ सम्बन्धी अनुसन्धान, तालिम र भ्याक्सिन उत्पादनलगायतका विषयमा भारतले सहकार्य गरिरहेको छ ।
ती भारतीय अधिकारीले पहिलेभन्दा पृथक यस पटक रोकिएका र अलमलमा परेका द्विपक्षीय विषयलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ठोस प्रारुप नै तयार पारिएको बताए । उनका अनुसार विदेश सचिव श्रृंगलाको भ्रमणपछि हुने संयुक्त कमिसनको बैठकमा यी विषयमा विस्तृतमा कुराकानी हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।