गढवाकाे भुषाल होटलबाट ८ जुवाडे पक्राउ



गढवा ११ मंसिर । देउखुरीकाे गढवाबाट गएराती ८ जुवाडे पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले करिब  साढे आठ बजेकाे समयमा ९४ हजार नगद सहित ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी टोपबहादुर बिसी, हरि भण्डारी, सन्दिप अधिकारी, खिमबहादुर बुढा, होमराज रिजाल, किशोरसिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन ।

हरि भण्डारी क्रसर व्यवसायी हुन् । उनले गढवा गाउँपालिका वडा नम्बर ५ मा मध्यपश्चिम क्रसर तथा पुर्णागिरी बालुवा प्रशोधन उद्योग संचालन गर्दै आएका छन् । त्यस्तै टोपबहादुर बिसी पनि निर्माण व्यवसायी हुन भने होमराज रिजाल हार्डवयर व्यवसायी हुन् । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्