सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको जागिर छाडेर कृषि पेशामा आबद्ध



महेश सिंह सिरहा लहान ११ । सखुवानन्कारकट्टी गाउँपालिकामा आईटी अफिसरको रुपमा काम गर्दै आएका देबिन कोसोर यादव फोहोर राजनीतिको शिकार भई कृषि पेशा तिर होमिएको उनले बताए । उनले ग्रामिण उत्पादनलाई विशेष जोड दिएको छ।

यादवले ‘फर्मले पशुपालन कृषि उत्पादनमा आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नको लागि कृषि तथा भेटनरी जेटिए प्रविधिकहरुलाई परिचालन गरी उत्पादनलाई वृद्धि गर्ने लक्ष्य समेत लिएको बताए ।’ यसको लागि कृषक मैत्री वातावरण बनाउन र सरकारी योजना तथा आयोजनाहरुमा किसानहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

सखुवानन्कारकट्टी गाउँपालिका स्थित ईटहर्वामा पशुपालन फर्म संचालनमा आएको छ । समिक्षा एकीकृत पशुपालन फर्मको नामले संचालित उक्त फर्मले विभिन्न प्रजातीको घरपालुवा पशु तथा तरकारी उत्पादनलाई जोड दिएको छ । २०७६ सालमा संचालित उक्त फर्म जम्मा १.५ बिघा जग्गामा फैलिएको छ ।
फर्मका संचालक देविन किशोर यादव आईटी(ईन्फर्मेशन टेक्नोलोजी) पढेका युवा हुन ।

हाल फर्ममा ल्यान्डरस, ड्युरो, हेमसारलगायत जम्मा ४ प्रजातीका ४४ बंगुर रहेका छन । मासु र प्रजननको लागि पालिएको यि चार नश्लका बंगुरको संख्या बढाएर १ हजार पुर्याउने संचालक यादवको लक्ष्य रहेको छ । उनले बंगुरको राम्रो माग सिरहामा त्यति नभएकोले बर्दिबास गएर बेच्नुपर्ने बाध्यता रहेको बताए । त्यसैगरी फर्ममा १४ राँगा, ४०-४५ जोडी परेवा, मुङ्ग्री र कोतरी गरी दुई नश्लका लोकल माछा समेत रहेको छ । अर्गानिक तरकारी खेती समेत संचालनमा आएको उनले जानकारी दिए ।

करिब ५० लाखको लगानीमा संचालित उक्त फर्मको १.५ बिघा जग्गा २५ वर्षको लागि लिजमा लिएको संचालक यादवले बताए । आफ्नो फर्मले हाल ४ जनालाई रोजगारी दिएको र भविष्यमा पशुको संख्या तथा योजना थपे संगै कामदारको संख्या समेत बढाईने भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्