दाङमा भेटिए गोली लागेर घाइते भएको अवस्थामा एक व्यक्ति



काठमाडौं। दाङमा गोली लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन्। तुलसी उपमहानगरपालिका-१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए।

पौडेल गएराति ९ बजे लमही नगरपालिका-९ को च्याउ खोला जंगलमा घाइते अवस्थामा भेटिएका हुन्। पौडेलको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। पौडेल पाँच राउण्ड गोली लागेर घाइते अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंह भने, ‘घटना स्थल कहाँ को ? कसरी गोली लाग्यो भन्ने बारेमा घाइतेले केही बताएका छैनन्। अहिले प्रहरी घटना स्थलको खोजीमा परिचालन भएको छ।’ पौडेलको ढाडमा तीनवटा र दाहिने खुट्टाको तीघ्रामा थप दुईवटा गोली लागेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्