नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्लसहित ३ खेलाडीलाई कोरोना पोजिटिभ



काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना पोजिटिभ देखिएको छ। कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना पोजिटिभ देखिएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ।

मल्लले बुधबार नै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिएका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘सुरक्षाका उपाय अपनाउँदा पनि म कोरोना भाइरस संक्रमित भएको छु,’ ‘भाइरस नफैलियोस् भन्ने उद्देश्यले आइसोलेसनमा बसेको छु। यसलाई कसैले पनि सामान्य रूपमा नलिनुहोला। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशन पालना गर्न अनुरोध गर्दछु।’

संक्रमण देखिए पनि उनले आफूमा कुनै लक्षण र समस्या महसुस नभएको बताएका छन्।क्यानले बन्द प्रशिक्षणका लागि खेलाडीलाई बोलाएको दिन नै कप्तान र उपकप्तानसहित तीन खेलाडीलाई संक्रमण देखिएको हो।

क्यानले बन्द प्रशिक्षणका लागि बुधबारदेखि नै खेलाडीलाई बोलाएको छ। भाइरस संक्रमणका कारण तीन खेलाडी तत्काल बन्द प्रशिक्षणमा सहभागी नहुने भएपछि क्यानले अरू पाँच खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन बोलाएको छ।

क्यानले विक्रम सोब, अनिल शाह, कुशल भुर्तेल, रीत गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। संक्रमित खेलाडी पनि निको भएपछि बन्द प्रशिक्षणमा फर्कनेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्