तेक्वान्दो प्रशिक्षक विष्टलाई कोरोना संक्रमण



काठमाडौं । तेक्वान्दो प्रक्षिक दीपक विष्टलाई कोरोना भाइरस सड्क्रमन भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ । परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन् । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूदमा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भएकीछिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्