भारतीय विदेशसचिव श्रृंगलाले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट



काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्। बिहीबार काठमाडौं आइपुगेका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए। त्यसपछि उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए।

त्यसलगत्तै श्रृंगला बालुवाटार पुगेका हुन्। नेपाल र भारतका परराष्ट्र सचिवहरुको बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए। विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छप। त्यस्तै, भोली नेपाल-भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्