सवारी दुर्घटनामा तनहुँमा १७ यात्रु घाइते



मंसिर १२,तनहुँ।सवारी दुर्घटनामा तनहुँमा १७ यात्रु घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका ३ खहरे स्थित पृथ्वी राजमार्ग सडकमा बिहीबार दुर्घटना भएको हो ।

म्याग्दीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि बस अनियन्त्रित भइ सडकबाट करिब ५ मिटर तल खोल्सामा खस्न पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा बसमा सवार रहेका १४ जना र स्कुटरमा सवार रहेका बच्चा सहित ३ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घाइतेहरुको तनहुँ र चितवनमा उपचार भइरहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्