कपिलवस्तु काे विजयनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते एकको अवस्था गम्भीर



धनी राम काेरी
कपिलवस्तु , १२ मंसिर
कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । विजयनगर आरटीओ सडक मगरघट्टमा दुर्घटना भएको हो ।

विजयनगर गाउँपालिका वडा नं. २ मा बस्ने मोटरसाइकल चालक टेकई पासी र पछाडी सवार मगरघट्टा बस्ने हरिलाल बस्याल घाइते भएको अस्थायी प्रहरी पोष्ट खडैचाका असई धन बहादुर अधिकारीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक पासीको टाउको र मुखमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ भने पछाडी बस्ने बस्यालको दाहिने खुट्टा फ्याक्चर भएको उहाँले बताउनुभयो । घाइतेलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको बताइएको छ ।

खडैचाबाट सुन्दरीडाँडातर्फ जाँदै गरेको टिप्पर ना ४ ख १२४ नम्बरले लु १४ प ८६०१ नम्बरको मोटरसाइकललाई ठोकिँदा सो दुर्घटना भएको हो । गाडी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्