सहिद बस्तीमा



सुनसान सन्नाटा छाए जस्तो लाग्छ
उज्यालो भएकोछैन
अझै सहिद बस्तीमा
सपना फुलेको छैन
अझै सहिद बस्तीमा
बिहानिले धर्ती छुदापनी
पुर्ब क्षितिज खुलेको छैन
सहिद बस्तिमा
मनमा पिडा दबाउदै पनि हास्न त हास्छ्न
उतिस र लाली गुराँसहरु
एक चिम्टी हासो फिस्स
हासेर के गर्नु
आगन र मझेरिले
रगतका फाल्सा भुलेको छैन
अझै सहिद बस्तीमा
बोम र गोलिका आवाज भुलेका
छैनन अझै ती मस्तिष्कमा
आशुको पोखरी सुकेको छैन
सहिदको बस्तीमा
भन्न्त भन्छ्न साइलाले
समृद्धि भैसक्यो
समाजबाद आइसक्यो
सबैले मुक्ति पाइसक्यो
देशले कोल्टे फेर्न लाई सक्यो
खै कता समृद्धि आयो
भेटै भएन सहिद बस्तीमा
समाजबाद कता छायो
कस्ले मुक्ति पायो
केही पत्तो छैन
उस्तै छ सहिद बस्तीमा
लथालिङ्ग नै छ्न सपनाहरू
भताभुङ्ग नै छ्न लक्ष्य उदेश्यहरु
हो कतै खुशी छाएकोछैन
सहिद बस्तीमा
समाजबाद त्याहा आएको छैन
सहिद बस्तीमा !!
१२ मङ्सिर २०७७

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्