सैघाली खबर,
तुलसीपुर, १८ पुस ।
दाङको तुलसीपुर कारागारमा एकजना थुनुवा मिहलाले छोरी जन्माएकी छन् । गत जेठ ५ गते ठगी मुद्दामा थुनामा परेकी रुपन्देही जिल्ला तिलोतमा ८ निवासी ३२ बर्षीया शारदा खौसिया थारुले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी हुन ।
थारु जेठमा पक्राउ परि थुनामा पर्दा बखत नै गर्भवती अवस्थामा रहेको तुलसीपुर कारागार कार्यालयका खरिदार रुद्रमणि शर्माले बताए । थारुलाई बेथाले च्यापेपछि अस्पताल मंगलवार विहान दुईबजेतिर अस्पताल पु¥याईएको थियो । उनले विहान दशबजेतिर छोरी जन्माएको शर्माले जानकारी दिए ।
थारुलाई तुलसीपुरको स्याउली बजार निवासी जगदिश खत्रीको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिईन् । खत्रीको घरमा कोठा भाडामा बस्ने थारुले केही दिनमै दिन्छु भनि सापटी लगेको ७ लाख ५० हजार रुँपैया नदिएपछि उक्त रकम बरावरको बिदोदाबी सहित थारुका विरुद्ध खत्रीले मुद्दा दिएका थिए ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ माइती भएकी थारुको विहे रुपेन्देहीमा भएको र उनका यो बाहेक थप ३ वटा सञ्तान रहेको पनि प्रहरीले बताएको छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।