घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा दमाईंको शव फेला



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन् । कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए ।

मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ । कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ ।

“मृतकका बुबाले दिएको प्रारम्भिक जानकारी अनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भने “विस्तृत अनुसन्धान हुँदैछ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्