अन्तर्राष्ट्रिय

बेलायतमा नयाँ प्रधानमन्त्रीको लागि आज निर्वाचन ।।

By थाहा अनलाइन

June 08, 2017

जेठ,२५

 

बेलायतमा नयाँ प्रधानमन्त्री छान्नका लागि आज आम निर्वाचन हुँदै छ । कुल ६ सय ५० सिटका लागि आज हुने आम निर्वाचनमा दर्जनौ पार्टीबाट हजारौ उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका छन् । करिब ३ हजार ३ सय उम्मेदवार चुनाबी मैदानमा रहेको विदेशका सञ्चार माध्यमहरुले जनाएका छन् । जति धेरै उम्मेदवार भएपनि मुख्यतया प्रधानमन्त्री थेरसा मेको कन्जरभेटिभ दल र प्रमुख प्रतिपक्षि दल लेबर पार्टीबिच ठूलो दलका लागि प्रतिस्पर्धा हुने बताईएको छ ।