उत्तम कुमार थापा,
खप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ४ डाडाँकाे खलंगामा खानेपानीको समस्या छ ।
विगत लामो समय देखि गाउँमा खानेपानीको समस्या देखिदै अाएकाे हाे । वास्काटियाकाे डाडाँमा खानेपानीको समस्या रहेको तपाईं हामी सबैलाई थाहा नै छ । निर्वाचन २०७४ सम्पन्न भए पछि स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकार बन्याे तर जनताको दुख जस्ताकाे त्यस्तै देख्न पाइन्छ ।
खानेपानीको समस्या याहाँ मात्रै हैन विभिन्न ग्रामिण भेगमा उस्तै रहेको पाईन्छ । निर्वाचन समयमा नेताहरु गाउँघरमा अाउन्छन । नारा लगाउदै काेरा भाषण छरेर जनताको अाखामा छाराे हाल्नेकाम गर्दै ,भन्छन । हामीलाई भाेट दिनुहाेस खानेपानी हामी तुरुन्तै बनाई दिन्छु । तर भाेट माग्न अाएका नेता कार्यक्रताले भने अहिलेसम्म गाउँमा नहेरेकाे धामी बिक्रम राेकायाले बताए ।
उनले भने सबै सरकारकाे अनुभुती भयाे , अहिले डाडाँकाे खलंगामा झण्डै १०० जनसंख्या रहेकाे छ । खानेपानीकाे समस्या जस्ताको त्यस्तै रहेकाे हुदा हामिले अाफ्नै लगानीमा लेककाे बाजकाे लठ्ठी र बासँकाे लठ्ठीमा पाइप राखेर खानेपानी बनाएका छाै । अहिले सम्म स्थानीय सरकार खप्तड छान्ना गाउँपालीका,प्रदेश सरकार केन्द्रीय सरकार कसैलेपनि गाउँमा नहेरेकाे कारण जनसमुदायको अाफ्नै लगानीमा धारा निर्माण गरेकाे बिक्रम राेकायाकाे भनाइ छ ।
यसै विच अब निर्वाचन नजिकै अाउदैछ ,चुनाव प्रचारप्रसारमा नेताहरु घरदैलोमा अाउन्छन । पानी दिनु न भन्दा हामी धाराकाे पानी स्वच्छ हुन्छ उतै खानुहाेस भन्ने र तपाईले हालेकाे याेजनाले पक्की धारा बनाएकाे व्याङ्या हान्दै पानी खुवाउने स्थानीय बासी सिद्धराज राेकायाकाे भनाइ छ । उनले भने,सबै नेताहरु अाउन्छन हामी साेझा जनतालाई भुल्याउदै काेरा नारा झाेडेर जान्छन ।
याेजना हालेमा पाटीकाे मान्छे भन्दै व्याक्तिगत याेजना दिन्छन अनि विकास कता बाट हुनुर ,भन्दै अागामी दिनमा जनसमुदायले सचेत हुनुपर्ने उनले बताए । राेकायाले भने अहिलेसम्म कुनै निकाय बाट याेजना नअाउदा सबै गाउँले मिलेर लठ्ठीमा पाईप राख्दै,खानेपानी खानबाध्य भएको सिद्धराज राेकायाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।