सैघाली खबर
घोराही, १८ पुस दाङको घोराहीमा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका १५ सडक बिभागको ओरालोमा बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीले विषेशज्ञ सहितको सेवा सुरु गरेको छ ।
स्वास्थ्य सहित बिभिन्न क्षेत्रका ६ जना व्यक्तिहरुको करिब ३ करोड रुपैयाँको लगानीमा उक्त हस्पिटल सञ्चालनमा आएको डा. रमेश बस्नेतले जानकारी दिनुभयो । हस्पिटलले ईमरजेन्सी, ओपिडी, भर्ना, डिजिटल एक्सरे, अप्रेशन, ल्याब सहित फार्मेसी सेवा समेत दिन थालेको छ ।
चौबिसै घण्टा सेवा दिने गरि हस्पिटल सञ्चालन गरिएको लगानीकर्ता समेत रहनुभएका डा. बस्नेतको भनाई छ । दूरविन बिधिबाट पथ्थरीको अप्रेसन, पिसाब नली, पिसाल थैलीको पत्थरीको अप्रेसन गर्न थालिएको अस्पतालले जनाएको छ ।
हर्निया, एपेण्डीक्स, पायल्स, फिष्टुलाको अप्रेसन सहितको सेवा हस्पिटलले सुरु गरेको जनाएको छ । हस्पिटलमा बरिष्ठ कन्सल्टेन्सी सर्जन डा. रमेश बस्नेत, अप्रेसनका लागि बेहोस पार्न डा. सुरेन्द्र कुवर, भिडियो एक्सरेका लागि डा. रामेश्वर देवकोटा, स्त्री रोग बिशेषज्ञका लागि डा. बसन्त लामिछाने र हाडजोर्नी सम्बन्धी डा. अनिल यादबको चिकित्सकको टिम रहेको अस्पतालले जनाएको छ ।
निजि क्षेत्रबाट हस्पिटल सञ्चालन गरिएपनि व्यवसाय नभई सेवाभाबलाई प्राथमिकता दिईएको डा. बस्नेतको भनाई रहेको छ । हस्पिटलमा बिरामी भर्ना गरेर उपचार र अप्रेसन गरेर समेत उपचारको काम सुरु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।