परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी सहित हेल्थ डेस्कको ब्यवस्था



सल्यान, ११ मंशिर ।

कक्षा १२ को परीक्षा भइरहेको कपुरकोट गाउँपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी सहित हेल्थ डेस्कको ब्यवस्था गरिएको छ । परीक्षाको विहिबार कपुरकोट गाउँपालिकाले अनुगमन समेत गरेको छ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षामा कपुरकोट गाउँपालिकाले दुई जना स्वास्थ्यकर्मी सहित हेल्थ डेस्कको ब्यवस्था गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जनाए ।

विहिबार दाहाल सहित गाउँपालिकाका प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही लगाएतले परीक्षा केन्द्र र सुरक्षा मापदण्ड पालनाको अवस्थाको बारेमा अनुगमन गरेका हुन् । किमुचौर स्थित परीक्षा केन्द्रमा विहिबार ६९ जनाले परीक्षा दिएका छन् । एक जना परीक्षार्थी भने अनुपस्थित रहेको केन्द्राध्यक्ष सिट्टीसाप विष्टले जानकारी दिए ।

उनका अनुसार परीक्षा हलमा दुई मिटरको दुरी कायम गरिएको छ भने अनिवार्य मास्कको प्रयोग, स्यानीटाइजर, साबुन पानी र एउटा कोठामा ७ जना देखी बढीमा २० जना मात्रै परीक्षार्थी राख्ने ब्यवस्था मिलाइएको छ । परीक्षार्थीले विहिबार किमुचौर परीक्षा केन्द्रमा बाल विकास र सिकाई, समाजशास्त्र र भौतिकशास्त्र विषयको परीक्षा दिएका छन् ।

हाल सम्म स्वच्छ, शान्त, ब्यवस्थित र मर्यादित ढंगबाट परीक्षा सञ्चालन भइरहेको केन्द्राध्यक्ष विष्टले जनाए । शिक्षा विकास तथा समन्वय इकाइको निर्णयानुसार कपुरकोट गाउँपालिकाले परीक्षा सञ्चालनमा सहजिकरण गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्