टप फिचर

उपचारमा खटिएकाहरूलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन

By Thaha - Online

November 27, 2020

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन अपस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी तत्काल भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको हो। मन्त्रालयको शुक्रबार बसेको सचिवस्तरिय वैठकले उक्त निर्णय गरेको हो।

मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ३५ हजार रकम निकाशा भईसकेको जनाएको छ। कार्तिक महिनाको रकम भने भुक्तानिको क्रममा नै रहेको भन्दै पठाईसकेको रकम अनुरुप जोखिम भत्ता वितरण गर्न निर्देशन दिएको हो।