संसदमा जव सांसदले सांसदलाई सुँगुरको मासुले प्रहार गरे



काठमाडौं । ताइनवानको विपक्षी पार्टी कुमिन्ताङ पार्टीका सांसदहरुले सत्तारुढ पार्टीका सांसदहरुमाथि संसदमा सुँगुरको मासुले प्रहार गरेका छन् । यसक्रममा उनीहरुले प्रिमियर सु त्सेंग चेंगलाई पनि सुुँगुरको मासुले हाने ।

सरकारले गत अगस्टमै अमेरिकाबाट र्याक्टोपामिनयुक्त सुँगुरको मासु आयात गर्ने घोषणा गरेको छ । राष्ट्रपति साइ यिङ वेनले यस्तो घोषणा गरेकी थिइन् । घोषणा १ जनवरीदेखि लागु हुनेछ ।

सुगुरको बोसो घटाएर मासुुको मात्रा बढाउन ¥याक्टोपामिन खुवाइन्छ । यसले मानिसको स्वास्थमा हानी गर्ने भन्दै अधिकांश युरोपेली देश र चीनले पनि यस्तो मासुमा प्रतिबन्ध लगाएका छन् ।

ताइवानमा यस्तो मासुु निर्यात गर्ने प्रयास भने अमेरिकाले धेरै अघिदेखि गर्दै आइरहेको थियो । राष्ट्रपतिले १ जनवरीबाट निर्यात सुरु हुने घोषणा गरेसँगै विपक्षी पार्टी चर्को विरोधमा थियो ।

शुक्रबार जब प्रिमियर सु त्सेंग चेंगले यसबारे संसदमा आफ्नो कुरा राख्न खोजे, तब विपक्षीहरुले सुुँगुरको मासु उनीतर्फ प्रहार गरे । त्यस्तै, सत्तापक्षीय अन्य सांसदहरु पनि निशानामा परे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्