त्रिवेणी गाउपालिका मा याेजना सम्झौता काे बारेमा वडा वडा अभिमुखिकरण



राेल्पा
राेल्पा काे त्रिवेणी गाउँपालिकाबाट वडास्तरमा बिनियाेजित भएका याेजनाहरुकाे सम्झौता तथा अनुगमन कार्यक्रम सन्चालन भईरहेकाे छ।

त्रिवेणी गाउँपालिका काे प्रत्येक वडामा गएर उपभोक्ता समितिका पदाधिकारी हरुलाई अभिमुखिकरण तथा याेजना सम्झौता कार्यक्रम गरिएको छ ।

अाम नागरिकहरुलाई याेजना सम्झाैता गर्न गाउँपालिकामा अाउँन नपर्ने काम गर्न सजिलो हाेस भनी प्रत्येक वडामा गएर गाउँपालिकाले वडाबाटै उपभोक्ता समितिहरुलाई सेवा दिने लक्ष्य राखेको ले गर्दा भाेलि वडा न 1 करेटिमा प्रमुख प्रसाशकीय अधिकृत , लेखा अधिकृत र याेजना शाखाका प्रमुख लगाएतकाे टाेली गएर सम्झौता गर्ने बताएका छन ।

याे भन्दा पहिले वडा न ४ वडा न २ मा याेजना सम्झौताका कार्यक्रम हरु सम्पन्न भईसकेकाे र बाँकी रहेका वडा हरुमा पनि याेजना सम्झौता चाँडै गर्ने प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले जानकारी दिनु भयाे। सेवाग्राहीलाई काम गर्न छिटो र छरितो हाेस भन्ने उद्देश्यले गाउँपालिकाबाटै वडामा गएर हामी याेजना सम्झौता गर्न लागेकाे केसीले बताउनु भएको छ ।

याेजना सम्झौता गर्न अाउँदा उपभोक्ता समितिका पदाधिकारीहरुले अामभेला बसेर उपभोक्ता समिति गठन गरी याेजना सम्झौता तथा खाता सन्चालन गर्ने जस्ता निर्णयहरुकाे फाेटाे कापी ,उपभोक्ता समिति पदाधिकारीहरुकाे नागरिकताकाे प्रमाणित प्रतिलिपि,वडाकाे सिफारिस , सम्बन्धित उपभोक्ता समितिले याेजना सम्झौता काे लागि निवेदन दिनुपर्ने साथै याेजना उपभोक्ता समितिहरुकाे खाता सन्चालन वडा बाटै हुने हुदा उपभोक्ता समितिका सदस्यहरुले संकलन नागरिकता तथा २/२ प्रतिफाेटाे अनिवार्य ल्याउन हुन सुँचित गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्