नेपाल उद्योग वाणिज्य महासंघकाे निर्वाचन अपडेटः मतदान सम्पन्न, सतप्रतिशत मत खस्यो



मंसिर१३,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा शतप्रतिशत मतदान भएर मतदान सम्पन्न भएको छ । निर्वाचन अधृकित समितिले दिएको जनकारी अनुसार महासंघका जिल्लारनगर, वस्तुगत र एसोसिएटतर्फ शतप्रतिशत मत खसेको हो ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालको टीम चुनावी मैदानमा थियो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने महासंघको प्रावधान छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् । यस पटकको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतगणना आजै हुने छ ।

महासंघमा जिल्लारनगरतर्फ १०५ मतदाता, वस्तुगततर्फ १०१ मतदाता र एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको थियो । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्लारनगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्