नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : ६ जना प्रदेश सदस्यको मतपरिणाम सार्वजनिक



मंसीर १३,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वागमती प्रदेश बाहेक अरु प्रदेशका कुल ६ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जनामध्ये ६ जनाको मतपरिणाम आएको हो । प्रदेश १ अन्तर्गत राजेन्द्र राउत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद साहको शून्य मत आएको छ ।
गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत ल्याए । त्यस्तै, लुम्बिनी प्रदेशबाट जमसेद मियाँ १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज बञ्जाडेले ९ मत ल्याए । कर्णाली प्रदेशबाट लालीमान बुढा ७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत ल्याए । सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ मत ल्याए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्