चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री फेङ्हो आज नेपाल आउँदै



काठमाडौं। जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल भ्रमणमा आउँदै छन्। एकदिने कार्यशील भ्रमणमा उनी आइतबार काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वेइ फेङ्हो आजै साँझ स्वदेश फर्कने छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्