मौरीघाटमा प्रहरी भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते



ओमप्रकाश गुप्ता, भालुवाङ १४ मंसिर । दाङको देउखुरीमा प्रहरी भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । देउखुरीको राप्ती गाउँपालिका ४ मौरीघाट पेट्रोल पम्प नेर आइतबार बिहान साढे ८ बजेकाे समयमा इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी भ्यानमा मोटरसाइकलले ठोकिएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा २ प २७६२ नम्बरको मोटरसाइकले सोही दिशाबाट तर्फ लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई स्कटिङ्कका जाँदै गरेको इलाका प्रहरी कार्यालय भालुवाङको भ्यानमा ठोकिएको इप्रका भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका—४ मौरीघाट निवासी अन्दाजी बर्ष ३३ का गोठेलाल चौधरी घाइते भएका छन् । उनको लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिर्फर गरिएको भालुवाङ प्रहरीले जनाएको छ ।

हाम्रो प्रहरी भ्यान मुख्यमन्त्रीको स्कटिङ्कका लागि पश्चिम तर्फ जाँदै थियो, मोटरसाइकल पनि पूर्वबाट पश्चिम तर्फ जाँदै थियो, पेट्रोपम्प नजिक मोटरसाइकल पेट्रोलपम्पमा जान खोज्यो र एक्कासी हाम्रो प्रहरी भ्यानमा ठोकिन पुग्यो, प्रहरी निरीक्षक भट्टले भने । मोटरसाइकल र प्रहरीभ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । तर स्थानीयबासीले भने प्रहरीभ्यानले नै मोटरसाइकललाई ठक्कर दिएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्