प्रदेशको राजधानी र प्रमूख नतोकिंदा निर्वाचित सांसद अन्योलमा



सैघाली खबर
काठमाडौं,१९ पुस

निर्वाचित भएको झण्डै १ महिना पुग्नै लाग्दा पनि प्रदेशसभाका सांसदहरुले सपथ लिन पाएका छैनन् । सरकारले प्रदेश प्रमुख, प्रदेश राजधानी, बैठक हल औपचारिक रुपमा नतोकेपछि प्रदेशमा निर्वाचित सांसदहरु पनि अलमलमा छन् ।

जाजरकोटको प्रदेश ख बाट प्रदेशसभामा निर्वाचित हुनुभएका करबिर शाही औपचारिक रुपमा निर्वाचित हुनुभएको १ महिना पुग्नै लाग्यो । तर, उहाँले न सपथ लिन पाँउनुभएको छ, न आफ्नो प्रदेशको राजधानी तोकिएको छ । यति सम्म पनि संसद बैठक कता बस्छ भन्ने पनि थाहा छैन ।

उहाँ सरकारको निर्णय कुरेर बस्नुभएको छ । दोस्रो चरणमा चुनाब भएको नवलपरासी पूर्व क्षेत्र नम्बर २ को (क )बाट कांग्रेसका तर्फबाट निर्वाचित बिष्णु लामिछाने अझै मतदाताहरुलाई धन्यवाद दिनमा नै व्यस्त हुनुहुन्छ ।

शपथ ग्रहण गरेर पहिलो बैठक बस्न पाएको भए अरु काम शुरु हुन्थ्यो सांसद भएको प्रक्रिया नै अगाडी नबढेपछि के गर्ने के नगर्ने उहाँ अलमलमै हुनुहुन्छ । सरकारले तोकेको प्रदेश प्रमुखबाट प्रदेश सांसदले सपथ ग्रहण गर्ने भनिएपनि प्रदेश प्रमुख तोक्न ढिलाई भइरहेको छ ।

प्रदेशमा समानुपातिक तर्फबाट सांसद बनेका सांसदहरुले औपचारिक रुपमा प्रमाणपत्र पनि लिन पाएका छैनन् । प्रदेश प्रमुख तथा राजधानी र बैठक कक्षको टुङ्गो नलाग्दा नवनिर्वाचित सांसदहरु अन्यौलमा छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्