बैठकको व्यवस्थापन गर्नुपर्नेमा उल्टै बैठक रोक्ने काम गरेको भन्दै गरे कटाक्ष : यस्तो छ गौतको धारणा



काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र फरक फरक प्रस्ताव आए पनि बाहिर छिरलिएका विचारले बैठकमा स्थान पाउनु राम्रो कुरा भएको बताएका छन्। शनिबारको सचिवालय बैठकमा आफ्नो संक्षिप्त धारणा राख्दै गौतमले यस्तो कुरा बताएका हुन्।

गौतमका प्रेस संयोजक विष्णमणि सुवेदीले सञ्चारमाध्यमलाई पठाएको जानकारीमा गौतमले सबै समस्याको समाधान बैठकबाट गर्न सकिने विचार व्यक्ति गरेको कुरा उल्लेख गरेका छन्। गौतमले महासचिवले बैठकको व्यवस्थापन गर्नुपर्नेमा उल्टै बैठक रोक्ने काम गरेको भन्दै कटाक्ष गरेका छन्। यस्तो छ गौतमले बैठकमा व्यक्त गरेको धारणा।

उपाध्यक्ष वामदेव गौतमको धारणा

मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ। वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु।

पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन्। चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ। किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ। यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो, उहाँहरुलाई धन्यवाद छ। बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ। पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ। यस्ता व्यवस्थापनसित सम्वन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्