कोरोना संक्रमित २२ वर्षीया युवतीको मृत्यु



धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबास २ निवासी २२ वर्षीया युवतीको आइतबार बिहान २ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

जनकपुरस्थित जनकपुर सिटी अस्पतालले सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई प्रतिष्ठानमा रिफर गरेको थियो।

गत मंसिर २ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सो दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्