राखेपद्वारा १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक



काठमाडौं। आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।

राखेप परिसरमा पत्रकार सम्मेलन गरी राखेपले सागमा १ अर्ब ३७ करोड ७८ करोड ४३ हजार ६१ खर्च भएको जनाएको छ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले सागको खर्च १ अर्ब ३१ करोड र पूर्वाधार निर्माणमा २ अर्ब ६ करोड १४ लाख २ लाख ९७३ खर्च भएको बताएका छन्।

सागको खर्च विवरण समयमा सार्वजनिक गर्न नसक्नुका पछाडि काठमाडौं, पोखरा र जनकपुरबाट हिसाबकिताब समयमा नआइ पुग्नु भएको बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्