तरुणदल कपुरकोट-५ को प्रथम अधिबेसन,सभापतीमा देवकोटा



 

 

टेक बहादुर पुन सल्यान । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुणदल कपुरकोट गाउँपालिका वडा नम्बर ५ को प्रथम अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले आकाश देवकोटाको अध्यक्षतामा २१ सदस्यिय नया कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपसभापतीमा बि. बि. एस. बुढा, सचिब किरण गिरी, द्वितीय उपसभापती रबि बुढा, कोषाध्यक्ष अोमकुमारी शाह, सहसचिबमा राजेश बुढाथोकी चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा सुरेश बलाल, बेदप्रकाश बोहरा, देवराज बोहरा, कुशल बोहरा, सुनिल थापा, बिष्णु बोहरा, अम्मर शाह, शिशिर शाह, सुन्दर शाह, वसन्त बोहरा, राजकुमार थापा, नरसिँह बोहरा, शेषकान्त बोहरा, सञ्जु बिक र पाण्डब भण्डारी गरि २१ सदस्यिय नया कार्यसमिति चयन भएका छन् ।

नेपाली काँग्रेस कपुरकोट गाउँपालिका-५ का सभापती टिकाराम केसीको सभाध्यक्ष तथा काँग्रेसका निबर्तमान केन्द्रीय सदस्य डिल्लिराज रेग्मीको प्रमुख आतिथ्यमा प्रथम अधिबेसन सम्पन्न भएको हो । नया सदस्यहरुलाई टीका मालाले स्वागत गर्दै प्रमुख अतिथि रेग्मीले बधाई ज्ञापन गरे । देशको समृद्दीका लागि युवा अग्रसर हुनुपर्ने बताउँदै उनले परिवर्तन युवाले नै गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मानबहादुर डाँगी, नेपाली काँग्रेस सल्यानका सचिब प्रकाश भण्डारी, सहसचिब सन्तोष सेन वली, सदस्यहरु कमान सिँह डाँगी, लोकराज आचार्य, कमल घर्ती, नेबि सँघ जिल्ला उपाध्यक्ष प्रेम नारायण बिक, तरुणदल क्षत्र नम्बर २ का सभापती एकराज वली, तरुणदलका कपुरकोट गाउँपालिका सभापती कुबेर खत्री, तरुणदल क्षत्र नम्बर २ का उप सभापती सन्तोष बुढाथोकी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

क्षत्रिय प्रतिनिधि खड्क केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कपुरकोट गाउँपालिकाका प्रबक्ता यज्ञ बोहोराले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्