बाँची पठाम्ला तस्बिरै खिचेर……



जनक नेपाली 

दाङ,१९पुस । बिहानको सात बज्दै नबज्दै घर बेटीको देलोमा मादल र सारङ्गी भिरेर आएका घोराही उपमहानगरपालिका १२  नयाँ बस्तिका जितबहादुर योगीको  उमेरले डाँडो काटी सक्यो । जितबहादुरले  गाउँने गीतमा अझै त्यत्तिकै जीवन्त पाईन्छ । समाजमा हुने बिभिन्न घटनालाई गीतमा उतारेर गाउँने जीतबहादुर धेरै जस्तो स्वर्गीय झलकमान गन्धर्बका गीत नै आफनो गीत मानेर गाउँदै हिड्छन् ।

दशी धारापो नहरोए आमा बाँची पठाम्ला तस्बीरै खिचेर……

कस्तो लेखिन भाबीले लेखा कर्मलिला खै मलाई हजुर…..

सायद यो गीतले मन नछुने मान्छे विरलै होलान् तर पछिल्लो चरण यस्ता गीत गाउँदै हिड्ने जीतबहादुर देखिन छाडेका छन् । बिस्तारै देखिन छाडेका जीतबहादुर खै कहाँ छन् कसैलाई थाँहा छैन । जसका कारण पुराना पुराना गीत संगित समेत ओझेलमा पछ्र्रन कि भन्ने धेरैले आशंका समेत गरेका छन् ।  दुई वर्षको उमेरबाट आखाँ देख्न छोडे पाएको दुःख गितबाट सुनाउदै थिए ।  ५० वर्षका योगी सधै जस्तो मिरमिरे उज्यालोमा नयाँबस्ति बाट निस्कने उनी त्यस दिन पनी हतारमा देखिन्थे मैले कुरा गर्ने खोजे तर मानेन्न् । बावु हजुर संग मैलेकुरा गरेर के पाँउछु उनले भने ।

कुरा गदै जादाँ उनले भने सुरुमा अली अली आखाँ चिलाउने समस्या देखाप¥यो त्यति वास्था गरिन आमा बा ले गाउँ घरमा पाईने स्थानिय जडिवुटी औषधिको रुपमा हाली दिनु भयो।  त्यसको एक , दुई दिनमै मेरा दुवै  आखाँ बन्द भए उनले भने । त्यसै वर्ष  बा, को मृत्यु भयो परिवारमा झनै ठुलो महाविपत आई लाग्यो जितबहादुर माथी । घरमा कोही नभएपछि  आमाले काम गदै मलाई पाल्नु भयो । ओखती मुलो नपाएर छटपटाई रहेको मलाई आमा पाल्दै आएपनी आमाको मृत्यु भयो । अनि आफु बेसाहारा जीवन जीउन बाध्य भएको गुनासो पोखे ।

 

पुरानो बसोवास सल्यान मारचौरमा रहेको बताउने योगी आमाको मृत्यु संगै

सम्पतिको नाममा  थोत्रो मादल बोकी  खरिवोट हुदै दाङ झरेको उनले बताए ।सल्यानबाट दाङ आईपुग्दा कुनै चिनजान गरेका मान्छे नभेटेपछि त्यसरात साउने झरीमा रात काटेको भन्दै दुःख ब्यक्त गरे ।

भोली  पटल्ट देखी तुलसीपुरको पुरानो बसपार्क वाट गित गाउँन सुरु गरेको  बताउने योगी अहिलेनी  त्यसै लाई निरन्तरता दिदै आएको उनले बताए ।

सुरुमा किराना पसल , होटल , सडक सडकमा गीत  गाँउदै हिडेका जीतबहादुर दिन भर गाँउदा पाँच रुपैया जम्मा हुन्थ्यो ।  एक  छाक टार्न होटल होटलमा गित गाँउदै हिड्न होटल मालीकले बाध्य पार्थे  । कुनै दिन नगाउँदा साहुले खाना  नदिएपछि  भोकभोकै सुत्नु पर्ने अवस्था पनी आयो दुखेसो पोखे।  होटलमा वस्न जाउ भने यो अन्धाले पैसा दिन्न भन्दै  होटलबाट लखेट्थे त्यसको सम्झना अहिले पनि उत्तिकै छ उनले भने ।

आठँ बर्षको उमेर देखी गीत गाउन सुरु गरेको वताउने उनले अहिले देशमा विभिन्न ठाउँमा पुगी गित गाँएरै जिविको पार्जन गदै आएको बताए । दाङ , काठमान्डौ , पोखरा , विराटनगर , विरगंज नेपालगंज , लगाएत देशका विभिन्न भागमा गित गाउँदै आएको भनाई छ । त्यसवाट दैनिक पाँच सय देखी चार , पाँच  हजार रुपैया सम्म आम्दानी हुने गरेको वताउँछन्   

अपाङ्ग भएका कारणले पनी कतिपयले गाउँन गएको वेला खाना खान दिने , कपडा लत्ता समेत दिने गरेको उनले बताए । एक दुई दिन गाउँमा नजाने हो भने विरामी पर्दा सिटामोल खाने  पैसा समेत नहुदै भन्दै जति विरामी , थकाई लागेपनी गाउँन जानु पर्ने बाध्यता छ । अहिले पँचास वर्षको उमेर हुदा पनी आफ्नो नागरिकता नहुदा अपाङ् भत्ता नपाएको गुनासो गरे नागरिकता बनाईदिन सहयोग गरिदिन उनले स्थानिय प्रशासन समक्ष संग माग गरेका छन्  ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्