अन्तर्राष्ट्रिय

प्रधामन्त्री कप क्रिकेटको फाईनल आज, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै ।।

By थाहा अनलाइन

June 08, 2017

जेठ,२५

प्रथम प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदै छ । अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा ९ः०० बजेदेखि शुरु हुने खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो । त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मुलुकको सर्वाधिक पुरस्कार राशि भएको जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले गरेको प्रतियोगिताको विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्ने छन् ।