कपिलवस्तुकाे महाराजगन्ज मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम सम्पन्न



धनी राम काेरी
कपिलवस्तु , १४ मंसिर
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ ।

हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था अाफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो ।

मान्छे काे जीवनमा अार्थिक , सामाजिक ,राजनीति धार्मिक समस्या अाएकाे बेला कुन प्रकार काे निर्यण र कस्तो व्यक्ति संग सल्लाह लिदा राम्रो हुन्छ ।

मान्छे ले कुनै पनि काम गरेको खण्डमा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन्छ । तालिम मा मनाे-सामाजिक समस्या का कारणहरु , यसका असरहरु , समाधान गर्ने उपायहरु, तनाव काे शिर्षक मा छलफल भएको थियो ।

मानिसको जीवन मा समस्या परेको वेला कसरी , के गर्दा राम्रो हुन्छ , कुन निर्णय लिदा ठिक हुन्छ यिनीहरू काे बारेमा छलफल भएको थियो ।

मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम मंसिर १३ गते देखि १४ सम्म चालेको छ । तालिम काे प्रकाश घिमिरे प्रशिक्षण गर्नु भएको छ ।

तालिम UKAid , VSO र international Alert संस्थाहरु काे अार्थिक सहयोग र मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्था काे अायाेजना मा सम्पन्न भएको छ ।

उक्त तालिममा महाराजगन्ज नगरपालिका का नगर उपप्रमुख शुभावती कुर्मी , वडा नं ११ का अध्यक्ष र न्यायिक समिति सदस्य जगदीश तिवारी , वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी , न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी , न्यायिक समिति का कर्मचारी कृष्ण दास हरिजन , महिला तथा बालबालिका शाखा का विन्द वासिनी चाैधरी , प्रशासन शाखा प्रमुख निरन्जन पाैडेल , रिखिराम निगम , कृष्ण कुमार यादव, इलाका प्रहरी कार्यालय का हाेम बहादुर पुन , रविन्द्र हरिजन , दिपेन्द्र यादव , प्रहरी चाैकी उदयपुर का यज्ञ बहादुर सुनार , भुपाल बहादुर पुन , सूर्य प्रसाद न्याैपाने र अन्य व्यक्तिहरु काे सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्