मुक्तकमैयाहरुलाई लैगिंक हिंसाका विषयमा सचेत बनाइदै



 ओमप्रकाश गुप्ता, भालुवाङ १४ मंसिर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आइतवार देउखुरीको राप्ती गाउँपालिका ४ बुढीचौरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता,व्यक्ति, समाज र सवैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । कार्यक्रममा लैंगिक हिंसा भनेको के हो, कसरी हिंसा हुन्छ, रोकथाम तथा न्युनीकरण गर्न कसको के भुमिका हुन्छ भन्ने विषयमा जानकारी गराइएको थियो ।

आर. आर. एन दाङको आयोजना तथा राप्ती गाउँपालिका वडा नम्बर ४ को सहयोग एवम् लालीगुराँस र मुक्तिनाथ सामुदायिक समुह बुढीचौरको समन्वयमा कार्यक्रम भएको हो । लालीगुराँस सामुदायिक समुहका अध्यक्ष भागपती चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य पोमलाल गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण आर. आर. एन दाङका मानव अधिकार रक्षक जगवीर चौधरी, सामाजिक परिचालक उषा चौधरीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्