गढवाका गाउँ–गाउँमा लैंगिक हिंसा न्यूनीकरणको सन्देश



शिबराज पन्थी, गढवा १४ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिने कार्यक्रम उद्घाटन भएको पाँचौ दिन सम्म गढवा गाउँपालिकाले दुर्गम बस्तीहरुलाई लक्षित गरि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । शनिवार गढवाको कोठरीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ भने आइतवार वडा नं. ३ को बिकट बस्ती सुपैलामा कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्मला चौधरीको अध्यक्षता र वडा नं. २ का सदस्य सनिराम चौधरीको प्रमुख आतिथ्यमा कोठरीमा भएको कार्यक्रममा वडा सदस्य बिष्णुदेवी कँवर क्षेत्री, प्रहरी चौकी गोबरडिहाका प्रमुख भिमबहादुर बस्नेत, दलित सशक्तिकरण अभियानका बेगम गहतराज, महिला अधिकारकर्मी सकुन्तला डिसी, जया बिश्वकर्मा, मधा न्यौपाने र रेडक्रस इन्कोर परियोजनाका अधिकृत देवि प्याकुरेलले लैंगिक हिंसा न्यूनीकरणका बारेमा बोलेका थिए ।

यसै गरी आइतबार गढवा ३ को सुपैलामा कार्यपालिकाका सदस्य शोभा रावतको अध्यक्षता र वडा अध्यक्ष तुल्सीराम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनप्रतिनिधी बिष्णुदेवी कँवर क्षेत्री, प्रहरी चौकी गोबरडिहाका प्रमुख भिमबहादुर बस्नेत, रेडक्रसका देवी प्याकुरेल, कर्मचारी सुरेश पौडेल, महिला अधिकारकर्मीहरु जया बिश्वकर्मा, चञ्चला चौधरी र सृजना घिमिरे लगायतले लैंगिक हिंसा र न्यूनीकरणका उपायहरुका बारेमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तुल्सीराम अधिकारीले महिलाले महिलालाई र महिलाले पुरुषलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट लैंगिक हिंसा गरिरहेको अहिलेको अबस्थामा पुरुषद्धारा महिलामाथी हुने हिंसालाई मात्र हामीले प्राथमिकता दिन्छौं । यसर्थ सबै प्रकारका लैंगिक हिंसाहरुको न्यूनिकरणमा हामी घर परिवार, गाउँ समाज सबै तिरबाट ऐक्यबद्धता जाहेर गर्नुपर्ने बताए । सोमबार गढवाको वडा नं. ४ को कार्यालयमा र मंगलबार वडा नं. ८ कोइलाबासमा कार्यक्रमको तय गरिएको गाउँपालिकाले जनाएको छ ।

र वडा नं. ५ का वडा सदस्य बिष्णुदेबी कँवर क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै चेतनशिल महिला समाज केन्द्र गढवाका अध्यक्ष तथा महिला अधिकारकर्मी सकुन्तला डिसी, इलाका प्रहरी कार्यालय गढवाका सहायक प्रहरी निरिक्षक कमलप्रसाद बञ्जाडे, गढवा गाउँपालिका महिला तथा बालबालिका शाखाका कर्मचारी सुरेस पौडेल र पत्रकार शिबराज पन्थी लगायतले लैंगिक हिंसा के हो र यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा स्थानीयलाई सचेत गराएका थिए । कार्यक्रमको सहजीकरण दलित सशक्तिकरण अभियान गढवाका सचिव जया बिश्वकर्माले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्